इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार अझै पनि सामान्य कोरोना लक्षणहरूबारे सतर्क रहनु आवश्यक छ ।

लगातारको खोकी
उच्च ज्वरो
गन्ध र स्वाद थाहा नहुनु

तर, केही व्यक्तिहरूको लागि कोरोनाका कारण टाउको दुखाइ, घाँटी दुखाइ र नाक बग्ने जस्ता लक्षणका साथै ‘चिसो-चिसो’ महसुस हुने लक्षण देखिन सक्छ ।

ओमिक्रोन संक्रमण हुँदा अहिलेसम्म भेटिएका मुख्य पाँच लक्षणहरू

पातलो सिगान आउने
टाउको दुख्ने
थकान महसुस (हल्का वा गम्भीर)
हाच्छिउँ आउने
घाँटी दुख्ने

यदि तपाईलाई कोविड छ जस्तो लाग्छ भने तपाईले तुरुन्तै परीक्षण गराउनुपर्छ । कतिपय मानिसहरू आफैँलाई धेरै बिरामी महसुस नगर्न सक्छन्, तर तिनीहरूले अरूलाई जोखिममा पार्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *