हृदयघात भनेको मुटुको कुनै पनि धमनीमा सतप्रतिशत अवरोध हुन र जसका कारण मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो ।

हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ।

हृदयघातका समस्या प्रायजसोः अस्वस्थ्यकर जीवनशैली र मधुमेह तथा उच्च रक्तचाप भएको एवं पाको उमेरका समूहमा देखिन्थ्यो ।

तर, पछिल्लो समय युवा उमेरका व्यक्तिमा पनि हृदयघात हुने गरेको छ । अकस्मात् हुने हृदयघातका कारण कैयौँले अकालमै ज्यान गुमाने गरेका छन्

यसबाट कसरी बच्ने

धुम्रपान नगर्ने

अत्यधिक मदिरा सेवन नगर्ने

मधुमेह उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको राम्रो नियन्त्रण गर्ने

मोटोपना भएमा तौल घटाउने र यसलाई नियन्त्रणमा राख्ने नियमित शारीरिक गतिविधि गर्ने

नियमित रूपले फलफूल प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्ने

नुन चिनी चिल्लो फ्याट को सेवन सकेसम्म कम गर्ने

डिप्रेसन र मानसिक तनावलाई कम गर्ने

हृदयघात भएको कसरी थाहा पाउने ?

छाती दुख्नु वा पोल्नु

पसिना आउनु

वाकवाकी लाग्नु वा उल्टी हुनु

छातीमा असजिलो अनुभव गर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *