नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचन नेपाल क्रिकेट संघको अध्यक्ष पदमा उम्देवारी दिएका भएका छन् । शक्ति रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् । उनले आज सामाजिक सञ्चालमार्फत यसको जानकारी दिएका छन् ।

आगामी माघ ५ गते हुन लागेको जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षका लागि चुनाव हुँदैछ । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ सोच र योजना सहित रुपन्देहीलाई नेपालको उत्कृष्ट जिल्ला बनाउने सोच लिएर मैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न गएको छु’, उनले लेखेका छन् ।

नेपाली टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनले आफ्नो अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *