क्रिस्टियानो रोनाल्डो, मेस्सी, नेयमारको पेनाल्टी सुटआउट चर्चित छ । अहिले सामाजिक सञ्जालमा यस्तो पेनाल्टीको चर्चा छ, जुन देखेर तपाईं हाँसोले मुर्छा पर्नुहुन्छ । यो अल जापान हाइस्कुल प्रतियोगितामा भएको घटना हो । जहाँ पेनाल्टी सुटरले फुटबलसम्म पुग्न ४० सेकेन्ड लगाएका थिए ।

पेनाल्टी सुटरको अनौठो स्टाइल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा सुटर निकै बिस्तारै फुटबलतर्फ अघि बढिरहेका छन्, उनले केही पाइलाको दूरी पार गर्न करिब ४० सेकेन्ड लगाउँछन् । जसले गर्दा गोलकिपर झन्डै बोर हुन्छन् र त्यसपछि सुटर उफ्रिएर फुटबलमा लात हानेर गोल गर्छन् ।

खेल रायुत्सु केजाइ ओगाशी र किंडाई वाकायामाबीच भएको थियो, जुन बराबरीमा सकियो । खेल पेनाल्टी सुटआउटमा पुग्यो र त्यसपछि यो रोचक किक देखियो । रयुत्सुबाट सुटआउट लिने खेलाडीले यो अनौठो पेनाल्टी किक हानेका हुन् । गोलकिपर सुटआउटको क्रममा गलत दिशामा डाइभ गरेका कारण गोल हुन पुग्यो ।

इटालियन फुटबलर तथा चेल्सी क्लबका स्टार खेलाडी जोर्गिन्होको पेनाल्टी सुटआउटको शैली फुटबल फ्यानमाझ निकै चर्चित छ । पेनाल्टी सुटआउट लिँदा उनीहरू फुटबलको धेरै नजिक पुगेपछि उफ्रिन्छन् । म्यानचेस्टर युनाइटेडका फुटबलर पाउल पोग्बाको पेनाल्टी शैली पनि अनौठो छ । तिनीहरू पनि धेरै साना पाइला र धेरै ढिलो गरी फुटबलमा पुग्छन् । जापानी स्कुल फुटबलरले पनि जोर्गिन्हो र पोग्बाको शैलीको नक्कल गरे, तर धेरै सुस्त गतिमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *