पछिल्लो समय कोरोना भाइरसविरुद्ध खोप लगाइएका मानिसहरूमा पनि संक्रमणका घटना बढेका छन् । यस्तो अवस्थामा व्यापक रूपमा प्रश्न उठ्न सक्छ किन यस्तो भइरहेको छ र कि खोपले त काम गरिरहेको छैन ?

यसका तीन वटा कारणहरू छन्, जसबाट यो अवस्थामा बुझ्न सकिन्छ :

कारण एक : क्रिसमस र नयाँ वर्षमा विशेष गरी पश्चिमी देशहरूमा मानिसहरूसँगै मनाउँछन् । हामी चाडपर्वमा मानिसहरूसँग अन्तरक्रिया गर्छौं । यसले कोरोना फैलिने खतरा बढेको छ । संक्रमितको सम्पर्कमा आएका मानिसहरू संक्रमित हुन थालेका छन् ।

त्यस्तै, भारतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किने बढेका छन् । उनीहरूसँगै कोरोना नेपाल भित्रिन थालेको हो । त्यसले गाउँगाउँमा संक्रमण फैलिने खतरा बढाएको छ ।

दोस्रो कारणः विश्वभर कोरोनाको खोप उपलब्ध भएको झण्डै एक वर्ष भयो । विज्ञहरूले यो भ्याक्सिनको प्रभाव सधैँभरि नरहने यसअघि पनि बताइसकेका छन् । चिकित्सकहरू समय बित्दै जाँदा खोपले प्रदान गर्ने सुरक्षाको स्तर घट्दै जाने बताउँछन् ।

विभिन्न उमेर समूहमा भ्याक्सिनबाट सुरक्षा फरक-फरक हुनेछ । यो धेरै वा कम हुन सक्छ । यस कारण पहिले वृद्धवृद्धा वा कम रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरू र त्यसपछि सम्पूर्ण जनसंख्यालाई कोरोना भ्याक्सिनको तेस्रो डोजको आवश्यकता महसुस हुन थालेको छ ।

तेस्रो कारण: ओमिक्रोन भेरियन्ट जुन पहिलेका भेरियन्टहरूभन्दा बढी संक्रामक छ । यसले खोपको प्रभावलाई कम गर्नुका साथै संक्रमित व्यक्तिले संक्रमणबाट प्राप्त गरेको रोग प्रतिरोधात्मक क्षमतालाई पराजित गर्न सक्छ । खोप लगाइएका व्यक्तिमा हुने संक्रमणलाई सामान्य मान्नुपर्ने र कोरोनासँगै जिउन सिक्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय कोरोनाका बिरामी बढेपछि अस्पतालमा भर्ना हुने र भ्याक्सिन लिनेमा मृत्युदर निकै कम रहेको चिकित्सकहरूको भनाइ छ ।

के तेस्रो डोज कति प्रभावकारी छ ?

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को तथ्यांकले पनि खोप नलागेका मानिसहरूमा संक्रमणको जोखिम १० गुणा र मृत्युको जोखिम २० गुणा बढी रहेको देखाउँछ ।

बेलायतको हेल्थ एण्ड सेफ्टी एजेन्सीको भर्खरैको प्रतिवेदनले पनि यतैतर्फ औँल्याउँछ । क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनअनुसार ओमिक्रोनबाट संक्रमित बिरामीले खोपको तीन डोज लिएको खण्डमा उनलाई अस्पतालमा भर्ना हुने सम्भावना ८१ प्रतिशत कम हुन्छ ।

एजेन्सीको दोस्रो सर्वेक्षणले तेस्रो डोज खोप लिनेहरूमा ८८ प्रतिशत प्रभावकारी हुने पत्ता लगाएको छ । यद्यपि यसले कति समयसम्म सुरक्षा प्रदान गर्दछ र आगामी महिनाहरूमा खोपलाई पुन: खोप लगाउन आवश्यक छ कि छैन भन्ने स्पष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *