गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा अधिकांश महिलालाई थाहा हुँदैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले यही कुरालाई औंल्याउँछ ।

सर्वेक्षणमा आमा बन्ने महिलामध्ये एक तिहाइलाई मात्रै यस प्रश्नको सही जवाफ थाहा भएको पाइएको छ ।

बेलायतको स्वास्थ्य अनुगमन एजेन्सी ‘नाइस’को सल्लाहअनुसार महिलालाई गर्भावस्थाको पहिलो छ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन ।

तर, गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । जैतुनको तेलमा पकाएको दुई रोटीमा यति क्यालोरी पाइन्छ ।

गर्भमा रहेको बच्चाको लागि…

नेसनल च्यारिटी पार्टनरसिपले गर्भवती महिलाले आफ्नो खानेकुराको बारेमा जानकारी नपाएको बताएको छ ।

सर्वेक्षणमा भाग लिने २ हजार १०० महिलामध्ये एक तिहाइले गर्भावस्थामा प्रतिदिन ३०० क्यालोरी वा सोभन्दा बढी उपभोग गर्नुपर्छ भन्ने विश्वास गरेका थिए ।

सामान्यतया महिलाले गर्भावस्थामा दुई व्यक्तिका लागि खाना लिनुपर्छ, एउटा आफ्नो लागि र अर्को गर्भमा रहेको बच्चाको लागि ।

रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट्स (आरसीओजी)सँगको सहकार्यमा नेसनल च्यारिटी पार्टनरसिपले यो मिथकलाई हटाउन काम गरिरहेको छ ।

कति खानुपर्छ ?

त्यसैले प्रश्न उठ्छ कि गर्भावस्थामा महिलाले कति खाने ?

गर्भवती महिलालाई सामान्यतया प्रतिदिन २००० क्यालोरी खाना चाहिन्छ । यसमा खाना र पेय दुवै समावेश छन् ।

फलफूल र तरकारी, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटिन (दाल, माछा, अण्डा र मासु, दूध, दहीजस्ता दुग्धजन्य पदार्थ) र चिल्लो पदार्थ सन्तुलित हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एण्ड गाइनोकोलोजिस्टका प्रोफेसर जेनिस राइमर भन्छिन्, ‘गर्भावस्थामा धेरै खानाले महिलालाई हानि पुर्‍याउँछ ।’

उनी थप्छन्, ‘महिला गर्भावस्थामा धेरै मोटा भए गर्भपातको जोखिम बढ्न सक्छ । उनीहरूलाई उच्च रक्तचाप र मधुमेहको खतरा बढी हुन सक्छ । समयअघि नै बच्चा जन्माउन सक्छ । सिजेरियन डिलिवरी हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *