कोरोना भाइरसको बढ्दो संक्रमणलाई लिएर भारतको उत्तराखण्डको हरिद्वार जिल्लामा कडा प्रतिबन्दका नियम लागू गरिएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेपछि हरिद्वारमा १४ जनावरीमा हुने मकर संक्रान्ति स्नानमाथि पनि रोक लगाइएको छ ।

जिल्ला अधिकारी विनय शंकर पाण्डेले एक विज्ञप्ति जारी गर्दै १४ जनावरीका दिन बाहिरबाट कुनै पनि व्यक्तिलाई जिल्लामा प्रवेश गर्न नदिइने पनि स्पष्ट पारेका छन् ।

यसका साथै जिल्लामा रात्रिकालीन कर्फ्यू पनि जारी रहने छ । यदि सर्वसाधारणले आदेश उल्लंघन गरेको पाइए कारबाही गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *