कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले तत्काल चलन चल्तीमा रहेका खोपहरूको प्रभावलाई कम गरेको आशंकापछि बुस्टर डोज लगाउने माग भइरहेको छ ।

विश्वका धेरै देशहरूले बुस्टर डोज दिन थालेका छन् । नेपालमा पति अग्रपंक्तिमा खटिने र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई तेस्रो डोज दिने तयारी भइरहेको छ ।

तर, धेरै विज्ञहरूले कोरोनाको हरेक नयाँ भेरियन्टका लागि छ/छ महिनामा बुस्टर डोज दिन सम्भव नभएको बताएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हरेक चारदेखि छ महिनामा सम्पूर्ण विश्वलाई खोप लगाउन नसकिने बताउँछन् । उनीहरूको भनाइमा यो न दीर्घकालीन छ न किफायती ।

अनुसन्धानकर्ताहरूले सबैलाई बुस्टर डोज दिनुको सट्टा संवेदनशील मानिसलाई मात्र दिनुपर्ने सुझाव दिन्छन् ।

अमेरिकी विज्ञ डा. एडवर्ड रायन भन्छन्, ‘जबसम्म हामीले मानिसलाई बुस्टर डोज दिन्छौं, त्योभन्दा अगाडि नै ओमिक्रोनको प्रकोप समाप्त भइसकेको हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *