साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ले बक्स अफिसमा ३०० करोडको आँकडा पार गरेको छ ।

यो फिल्ममार्फत अल्लुले साउथमा मात्र नभई हिन्दी दर्शकमा पनि आफ्नो पकड बनाएका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि अन्य ठूला चलचित्रको रिलिज रोकिएको छ । यसबाट यो फिल्मलाई फाइदा भएको छ ।

फिल्मले हिन्दी बक्स अफिसमा पनि कुल ६२.९४ करोड कमाएको ट्रेड विश्लेषक तरण आदर्शले बताए । यो फिल्मको हिन्दी संस्करणले पहिलो साता १२.६८ करोड कमाएको थियो भने भोलिपल्ट फिल्मले १५ करोड कमाएर अहिले यो आँकडा ६० करोड नाघेको छ ।

तरण आदर्शका अनुसार फिल्मले छिट्टै ७५ करोडको आँकडा पार गर्न सक्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *