सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *