सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ ।

अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम गरिएको छ । मंगलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *