कोरोना भाइरस संक्रमणको पहिचानका लागि सिंगापुरमा नयाँ परीक्षण विधि प्रयोगमा ल्याइएको छ । यहाँ कोरोना परीक्षणका लागि अब ‘ब्रिथ’ अर्थात् स्वासको परीक्षण गरिने छ । यहाँको सरकारले यसको प्रयोगका लागि अनुमति पनि दिइसकेको छ । यो प्रविधिको सफ्टोवर सिंगापुर नेशनल युनिभर्सिटीले विकास गरेको हो ।…

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा फेस मास्कको व्यापार खुबै चम्किएको छ । कैयन् मुलुकमा आममानिसलाई मास्क लगाउनै पर्ने कडा नियम बनाइएको छ । नेपालमा पनि सरकारले सार्वजनिकस्थलमा जाँदा अनिवार्य मास्क लगाउन, नलगाए जरिवाना गर्ने नीति लिएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै…

बेइजिङ, २९ असार : कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका २ जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निले सोमबार पुष्टि गरे । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु…

सुर्खेत, २९ असार : जिल्ला प्रहरी कार्यालय सुर्खेतको १ थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको…

लापाज, २९ असार : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा छन्…

ब्रासिलिया, २९ असार : ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस…

वासिङ्टन, २९ असार : कोरोनाभाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् । उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोनाभाइरसका कारण बन्द भएका कारण त्यसको असर एसियाली गार्मेन्ट…

ललितपुर, २९ असार : महालक्ष्मी नगरपालिका-८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने २ गरी १० जनामा गरिएको…

मस्को, २८ असार : रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई…

काठमाडौं, २८ असार : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्। उनले आमालाई कोरोना पुष्टि भएपछि भाइ-बुहारी र अन्य परिवारका सदस्य क्वारन्टाइनमा रहेको जानकारी…