दमौली : एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्। दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले दुई करोड, सङ्घीय र प्रदेश सरकारले एक/एक…

रमेश लम्साल     काठमाडौं : सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५…

काठमाडौं : नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ। शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो। पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र…

काठमाडौं : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महिनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ…

काठमाडौं : नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरूको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा…