पछिल्लो २४ घण्टामा थप तीन हजार ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै…

न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार…

काठमाडौं, कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा…

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत् गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट…

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर…

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो । जीप र डुङ्गाबाट…

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि…

काभ्रेपलाञ्चोक, १९ साउन : एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त…