काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आयोजित समारोहमा उक्त कृतिको विमोचन गरेका हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणदायी व्यक्तित्व…

उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ । मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का…

मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद्…

नेपालका विभिन्न क्षेत्रमा केही दिनअघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्‍याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । ‘भारी वर्षा खासै…

नेपाल आयल निगमले फेरि पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ…

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन…

किरण पौड्याल इलाम, ३० असार : पछिल्लो समय जिल्लाका अधिकांश किसानले खेतीबालीका साथसाथै व्यावसायिक मौरीपालन शुरु गरेका छन् । खेतीबालीमा जस्तो धेरै खट्नुनपर्ने र कम लगानी गर्दै उल्लेखीय आम्दानी लिन सकिने भएपछि वैकल्पिक व्यवसायका रूपमा किसानले मौरीपालन गर्न थालेका हुन् । पछिल्लो समय त झन्…

उमा केसी रोल्पा, १६ जेठ : जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ । विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित…

काठमाडौं, १३ जेठ : सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६/७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर आठ…

काठमाडौं, १३ जेठ : मंगलबार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षीया बालिकामा समेत संक्रमण…