विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो । एसोसिएशनले…

विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।        नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने…

काठमाडौं, कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूको पुनरुत्थान गर्दै अर्थतन्त्र विस्तारमा सहयोग पुर्‌याउने प्रमुख ध्येयका साथ चालु आर्थिक वर्षको मौद्रिक नीतिले आफ्नो कार्यदिशा तय गरेको छ । मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाई मौद्रिक नीतिको…

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपिओ आज ११ बजे बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार आइपीओको बाँडफाँड सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा गर्न लागिएको हो । सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३…

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार…

सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न गर्न लागेका हुन् । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका…

धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा आज ‘दोहोरो अङ्क’ को करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै,…

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ । यस्तै, बजार पूँजीकरण पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल…

इजरायल जाने नेपाली कामदारका लागि आवेदन खुला गरिको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटको आवेदन आह्वान गरेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।…

लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ निर्देशिका अनुसार नगद वा लाभांश शेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको…