भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार राति भएको  ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो।

भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो।

राजस्थानका लागि अनिन्क्य रहाणे १०५ र रियान पराग ४ रनसहित अविजित रहे। आजको खेलमा स्टिव स्मिथले हाफ सेन्चुरी पूरा गरे भने स्टुअर्ट बिनीले १३ बलमा १९ रनको योगदन दिए। आजको खेलमा सन्जू स्यामसन र ऐश्टन टर्नर विना रन आउट भए।

दिल्लीका लागि कगिसो रबाडाले २, इशान्त शर्मा र अक्षर पटेलले एकएक विकेट लिइका थिए। जयपुरस्थित सवाइ मानसिंह स्टेडिएममा जारी खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने अटाएनन्। उनको सट्टामा आएका क्रिस मारिसले ४ ओभरमा ४१ रन खर्चिँदै १ विकेट लिएका थिए।

Leave a Reply