इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ।

अहिले राजिस्तानले ब्याटिङ गरिरहेको छ। ७ ओभरको सममाप्तिमा १ विकेटको क्षतिमा राजस्तानले ५९ रन बनाएको छ। अहिले स्टिभ स्मिथले १३ र आन्जिक्य रहाणे ४७ रन बनाएर खेलिरहेका छन्।

सोमबारको खेलमा दिल्लीबाट खेलिरहेका नेपाली खेलाडी सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेनन्। सन्दीप आज दिल्लीको बेन्चमा नै बस्ने भएका छन्। सन्दीपको ठाउँमा दिल्लीले क्रिश मोरिसलाई ल्याएको छ। स्वामी मानसिंह स्टेडियम जयपुरमा हुन लागेको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

यसअघिको खेलमा दिल्लीका सन्दीप लामिछानेले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए। दिल्ली अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। आजको खेल जितेमा दिल्ली शीर्ष चारमा रहँदै अर्को चरणमा प्रवेश गर्नेछ।

Leave a Reply