वर्षायाम सकिए पनि डेंगीको जोखिम कायमै छ। यस महामारीको समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिन अझ जरूरी छ। त्यसमाथि डेंगीका लक्षण कोभिड‍-१९ सँग पनि मिल्दोजुल्दो हुन्छन्, जस्तैः
– एक्कासी ज्वरो आउने
– आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने
– थकान महसुस हुने
– टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
‍- वाकवाकी लाग्ने वा बान्ता हुने

यस्ता लक्षण देखिएमा तरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जाऔं। अनुमानका आधारमा जथाभावी औषधी सेवन नगरौं। चिकित्सकको सल्लाह र परामर्शकाई महत्त्व दिऔं।

डेंगीबाट सुरक्षित हुने उपायहरूः
– लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने
– शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने
– घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने
– बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
– घर वरपर प्लाष्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
– खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
– पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कने
– खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
‍- पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
– कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने

Leave a Reply