विश्वकप टी २० एसिया छनोटको तयारीको क्रममा तीन मैत्री खेल खेल्न बङ्गलादेश पुगेको नेपाली राष्ट्रिय महिला टिम स्वदेश फर्कने क्रममा फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्केको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै कोभिडसम्बन्धी नियमको पालना गर्नबाट चुक्दा विमानबाट फर्कन नसकेको जानकारी गराएको छ । क्यानले यस लापरवाहीबारे टिम व्यवस्थापनसँग स्पष्टीकरण माग्ने र त्यसछिको रिपोर्ट सार्वजनिक गर्ने पनि बताएको छ ।

नेपाली महिला क्रिकेट टिम बिहीबार साँझ स्वदेश फर्कने कार्यक्रम थियो । नेपाली महिला क्रिकेट टिम विश्वकप एसिया छनोटको तयारीमा बङ्गलादेशको बिकेएसपीसँग तीन खेलको मैत्री शृङ्खला खेलेको थियो । जसमा नोल २१ ले विजयी भएको थियो । विश्वकप एसिया छनोट युएएमा नोभेम्बर २२ तारिखमा सुरु हुँदैछ । सो प्रतियोगितामा नेपाल, आयोजक युएइ, हङकङ, मलेसिया र कुवेतले खेल्नेछन् ।

Leave a Reply