नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ७५ नमूना पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ७ हजार ७०३ नमूनाको पीसीआर गर्दा १ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ३७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।


पछिल्लो २४ घन्टामा २३ सय ८२ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ। कोरोना संक्रमित ७१८ जनाको आइसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै शनिवार कोरोनाबाट थप ३० जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

Leave a Reply