प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय क्रिक्रेटबाट संन्यास  लिएका खड्काको आगामी यात्राका लागि पनि शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवालले खड्कासँगको फोटो शेयर गर्दै लेखेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद ।’

उनले दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्ने कामना गरेका छन् । साथै उनले पारसलाई सरकारको साथ र सहयोग सधैँ रहने पनि उल्ले खगरेका छन । ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैँ रहने छ ।’

खड्काले पनि क्रिकेटको विकासका लागि गरेको प्रतिवद्धताका लागि प्रधानमन्त्री देउवालाई धन्यावद व्यक्त गरेका छन् । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि भने आफ्नो सपना अझै बामे सर्दै गरेको उनले भनाइ राखेका थिए ।

 

Leave a Reply