इजरायल जाने नेपाली कामदारका लागि आवेदन खुला गरिको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटको आवेदन आह्वान गरेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।

एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । लामो समयदेखि इजरायलले नेपाली कामदारको माग गरे पनि दुवै देशबीच सम्झौता नभएकोले कामदार जान सकेका थिएनन् । आजदेखि योग्य कामदारको आवेदन लिन सकिने विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । जान चाहनेले अनलाइनबाट निवेदन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ ।

Leave a Reply