दक्षिण कोरियाको फेरि अर्को गीन अहिले चर्चमा छ। सर्वाधिक हेरिने सूचीमा पहिलो भएर उक्त गीतले विश्व कीर्तिमान बनाएको हो। पप संगीतको समूह ब्ल्याकपिंकले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको हो।

‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो संख्या पार गर्दै अर्को कोरियाली पिएसवाइको जेन्टलम्यान गीतको कीर्तिमान भंग गरेको छ। युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो।

यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिंकले राखेको छ।

मनका धनी, धनका महाधनी सलमान खान

यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका छन्। युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडियोहरू :

१. ब्ल्याकपिंक – किल दिस लभ, पाँच करोड ६७ लाख

२. आरियाना ग्रान्डे – थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख

३. बीटीएस – आइडल अफिशल, चार करोड ५९ लाख

४. टेलर स्विफ्ट – लुक ह्वाट यू मेड मी डु, चार करोड ३२ लाख

५. एमिनेम – किलसट, तीन करोड ८१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिंक समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्। ब्ल्याकपिंकले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो।

यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडिओ बनेको थियो।

गर्मीमा ओठ चम्किलो बनाउने घरेलु उपाय
कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव
अचम्मित पार्ने मृत्युबारे १२ रोचक तथ्य

Leave a Reply