एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिब्रेटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भएको थियो । एकपछि अर्को हिट फिल्म दिएका यी साउथ सुपर स्टारको कमाइ कति होला ?

‘ड्याडी’ फिल्ममार्फत कलाकारितामा प्रवेश गरेका ‘गंगोत्री’ फिल्ममा लिड रोलमा काम गरेका थिए । उनलाई सबैभन्दा बढी सफलता फिल्म ‘आर्या’ बाट मिलेको थियो । आर्याबाटै उनलाई फिल्मफेयर अवार्डमा उत्कृष्ट तेलुगु नायकको अवार्ड मिलेको थियो ।

यो फिल्मको उनको करिअरमै ठुलै परिवर्तन ल्याइदियो । प्राय एक्सन फिल्म गर्ने उनले एउटा फिल्म गरेको २० देखि २५ लिने गर्छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ना पेरु सूर्याले बक्स अफिसमा कमाल गर्न सकेन । फिल्म असफल भएता पनि उनको चर्चा पनि कत्ति पनि घटेको छ ।

Leave a Reply