धेरै खोजे धेरै सोधे
नयाँ वर्ष आयो भनी भने ।
म हेर्दै छक्क परें
खोइ कहाँबाट आयो नयाँ वर्ष ।

सधैं झै घाम झुल्केकै थियो,
च्यामे काम गरेकै थियो,
हरीनारायण ड्यटी गएकै थियो ।
म हेर्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ वर्ष ।

देश रणमा जलेकै थियो,
बाठाले लाटा मारेकै थिए,
गरिबको आँखा आँसुले भरिकै थियो ।
म हेर्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ बर्ष ।

सुन्तलिको भट्टी खुलेकै थियो,
उनिहरु सधै झै मदिरा पिएकै थिए,
हुनेले चएन गरेकै थिए,
म हेर्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ वर्ष ।

मानिसले बाटो भरिएकै थिए,
बालबालिका फुटपातमा सुतेकै थिए,
खलासी छिटो–छोटो भनेकै थियो ।
म हेर्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ वर्ष ।

पण्डित बाले जातलाई लात हानेकै थिए,
रामेले हलो जोतेकै थियो,
सानीले भारी बोकेकै थिइ,
म हेर्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ वर्ष ।

राति लाटोकोसेरो टुहुटुहु गरेकै थियो,
बाटोमा कुकुर भुकेकै थिए,
अनि बाटोमा सुनियो नयाँ बर्ष आयो,
म सुन्दै छक्क परें
खोई कहाँबाट आयो नयाँ वर्ष ।

Leave a Reply