टिकटको लतमा मानिसले ज्यान दिन थालेका छन् भन्दा गलत नहोला। अहिले टिकटकमा विभिन्न प्रकारका भिडियो बनाउन थालिएको छ। कोही विषालु सर्पसँग भिडियो बनाउँदै छ भने कोही पोस्तोल देखाउँदै भिडियो बनाउँदै छ।

बिहीबार एक व्यक्तिले बन्दुक दखाउँदै टिकटक भिडियो बनाउँदा व्यक्तिको मृत्यु भयो। यसपछि तामिलनाडूमा एक महिलाले श्रीमानले गाली गरेपछि आफ्नो अन्तिम भिडियो बनाएर हालेकी छन्। यहाँ ती महिलाले टिकटक भिडियो बनाउनका लागि श्रीमानले रोक लागएपछि आत्महत्या गरेकी हुन्।

यो घटना तामिलनाडुको अरियालुरको हो जहाँ २४ वर्षीया एक महिलाले श्रीमानले टिकटक भिडियो नबनाउन भन्दै श्रीमतीलाई हप्काएका थिए। त्यसपछि महिला महिलाले विष पिउँदै टिकटक भिडियो बनाएर श्रीमानलाई पठाइदिइन्।

परिवारका सदस्यका अनुसार ती महिलालाई ती महिलालाई टिकटकको लत यति थियो कि उनी बालबच्चादेखि परिवारसम्मलाई ध्यान दिदिनथिन्। श्रीमतीको यस्तो लतबाट दिकदार श्रीमानले श्रीमतीलाई फोटबाट हप्काएका थिए। श्रीमानको हप्काएपछि श्रीमतीले विष पिएको भिडियो बनाएर श्रीमानलाई नै पठाइदिइन्।

श्रीमतीले आफू मर्नु भन्दा पहिला उक्त भिडियो श्रीमनको व्हाट्सएपमा पनि पठाइन। त्यसको केही समयपछि ति महिलाको मृत्यु भयो। उनले भिडियमा आफ्ना बालबालिकालाई ध्यान दिन श्रीमानलाई भनेकी छन्। उनका श्रीमान् सिंगापुरमा रहन्छन्। त्यहाँ उनको आफ्नै व्यवसाय छ।

Leave a Reply