नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले लगातार चौथो सिजन क्यारेबियन प्रिमियर लिग (CPL) टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

सन्दीपलाई सिजन २०२१ का लगि ट्रिन्बागो नाइट राइडर्सले टिममा भित्र्याएको हो। उनलाई ड्राफ्टमार्फत टिममा भित्र्याइएको सिपिएलले जनाएको छ।

सन्दीपले अघिल्लो सिजन जमैका तलावाजबाट खेलेका थिए। यस सिजन भने जमैकाले सन्दीपलाई रिलिज गरेको थियो।

सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

गत सिजन सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सन्दीपले गत सिजन ११ खेलमा १२ विकेट लिएका थिए।

२०२१ को सिपिएल आगामी २८ अगस्टदेखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुने तय छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *