मुम्बई : दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने चर्चा लामो समयदेखि चलेको थियो। अब यो चर्चाले मूर्त रूप लिन लागेको छ। यो जोडी निर्देशक नाग आश्विनको फिल्ममा देखिने पक्का भएको हो।
दीपिकाले इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो खबर साँचो भएको जानकारी दिएकी छन्। दीपिका र प्रभासका फ्यानका लागि यो खुसीको कुरा हो। विजयन्ती मुभिजले उनीहरूका फ्यानलाई तयार रहन भनेको थियो।
विजयन्तीले ट्विट गर्दै आइतबार ठूलो सरप्राइजको पर्दा हट्ने उल्लेख गरेको थियो। यसपछि यो खबर प्रभास, निर्देशक नाग आश्विन र प्रभाससहित २१ लाई ट्याग गरिएको थियो। उनले सोसल मिडियाबाट दीपिका र प्रभास सँगै काम गर्ने घोषणा गरेका छन्।
यो फिल्मका बारेमा निर्देशक नाग आश्विनले भने, ‘म दीपिकाले यो भूमिका निर्वाह गरेको हेर्न धेरै उत्साहित छु। यस्तो रोल यसअघि कुनै पनि मेन स्ट्रिम कलाकारले गरेका छैनन्। यो सबैका लागि ठूलो सरप्राइज हुनेछ। दीपिका र प्रभासको जोडी फिल्मको मुख्य हाइलाइट्समध्ये एक हुनेछ। उनीहरू बीचको कथा आउने केही वर्षसम्म दर्शकको मनमा ताजा रहने छ।’
दीपिकालाई मेघना गुलजारको फिल्म ‘छपाक’मा पछिल्लो पटक देखिएको थियो। फिल्म यो वर्षको जनवरीमा रिलिज भएको थियो। प्रभासको अन्तिम फिल्म ‘साहो’ हो। एजेन्सी