दैनिक जसो गरिन हल्काफुल्का एक्सरसाइजले बढ्दै गरेको उमेरमा हुने मस्तिस्क ह्रास र बदलदै गरेको व्यवहारलाई रोक्न मद्दत गर्न विज्ञहरूले बताएका छन्। हार्वर्ड मेडिकल स्कुलका शोधकर्ताहरूले गरेको नयाँ दाबीअनुसार दैनिक ८ हजार ९०० कदम हिँड्दा अल्जाइमरको समस्यालाई कम गर्न सकिन्छ। १८२ जनामाथि गरिएको अनुसन्धानबाट नयाँ तथ्य बाहिर आएको हो।

जामा न्युरोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार स्मृतिमा तीव्र रूपमा कमी आएका मानिसलाई दैनिक केही बेर हिँड्नु पाइदाजनक हुन्छ। तीव्र रूपमा घट्दै गरेको स्मृति वा अल्जाइमर बढ्दै गरेको उमेरको मानिसमा देखिने बिमार हो। वैज्ञानिकहरूका अनुसार दिमागमा इमिलायड बीटा नामको प्रोटिनको स्तर बढ्दा यस्तो स्थितिको सिर्जना हुन्छ।

हार्वर्ड मेडिकल स्कुल अफ असिसर्टेन्स प्रोफेसर डा जसमीर चटमालका अनुसार शारीरिक गतिविधिले स्मरण शक्तिलाई सुधार्नुका साथै ब्लड प्रेसर, मोटोपना, स्मोकिङ, डायबिटीज जस्ता खतरालाई कम गर्छ। अनुसन्धानमा सहभागी भएका १८२ को सोच्ने र सम्झने क्षमता र स्मरणलाई पछिल्लो वर्ष दुई पटकसम्म चेक गरेका थिए। उनीहरूको पाइला ट्याक गर्ने पेडोमिटर लगाएर ७ दिनसम्म उनीहरूको निरीक्षण गरिएको थियो।

त्यसपछि शोधमा सहभागि भएका सबैको दिमागको स्क्यान गरेर एमिलायड प्रोटिनको स्तर मापन गरिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार यसअघि पनि व्यायम गर्दा एमिलाइड प्रोटिनको स्तर बढ्नबाट रोकिने तथ्य बाहिर आइसकेका छन्। यस्ता मानिस जो पहिल्यैदेखि शारीरिक रूपमा सक्रिय छन् उनीहरूको दिमागको कोशिकामा ह्रास आउँदैन र एमिलायड बिटा प्रोटिन नियन्त्रित हुन्छ। एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *