साहिद कपुर र कियारा आडवाणी अभिनीत फिल्म ‘कबिर सिंह’ले भारतीय सिनेमाघरहरूमा रेकर्ड कायम गरेको छ ।

योसँगै फिल्मले शाहिद कपुरको करिअरमा आजसम्मकै सबैभन्दा बढी रुपैयाँ कमाउने सोलो फिल्मको रेकर्ड बनाएको छ ।

फिल्मले प्रदर्शनको २८औँ दिनमा पनि राम्रो आम्दानी गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रदर्शनकै दिनदेखि फिल्मले सानदार कमाइ सुरु गरेको टिप्पणी गरिएको छ । कबिर सिंहले आजसम्म दुई सय ६६ दशमलव २६ करोड कमाई गरेको बताइएको छ ।

चौथो सातामा पनि राम्रो कमाइ गरिरहेको फिल्म कबिरलाई  ऋतिक रोशनको फिल्म ‘सुपर ३०’को असर पर्न थालेको मिडियाहरूले उल्लेख गरेका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द लायन किङ’का कारण पनि अब कबिर सिंहको व्यापार कम हुने आँकलन पनि भारतीय मिडियाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *