बलिउड अभिनेत्री अनुष्का शर्मा अचेल गम्भीर पीडामा छिन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार बल्जिङ डिस्क नामक रोगबाट ग्रसित उनी हालै एउटा अस्पतालको अगाडि भेटिएकी थिइन् ।

बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । लामो समयदेखि सो रोगबाट पीडित अनुष्कालाई अहिले निकै गाह्रो भएको बताइन्छ ।

अनुष्का अहिले उपचारमा लागेकी छिन् । पीडा भए पनि उनी ३० मेमा सुरु हुने क्रिकेट वल्र्डकपमा आफ्ना क्रिकेटर पति विराट कोहलीको हौसला बढाउन चाहन्छिन् । उनी आफ्नो रोगका कारण पतिको ध्यान क्रिकेटबाट कमजोर नहोस् भन्ने पक्षमा छिन् ।

विराट वर्ल्डकप २०१९ का लागि भारतीय टिमका साथ इंग्ल्यान्ड उडिसकेका छन् । अनुष्का अभिनीत पछिल्लो फिल्म जिरो फ्लप भएको थियो । त्यसपछि उनले अर्को फिल्म अभिनय गरेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *