एजेन्सी । यदि तपाईंले सपनामा विभिन्न चरा वा जनावरहरू देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

सपनामा हात्ती देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तीमा लक्ष्मी सवार हुने हुँदा हात्ती सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।

सपनामा भैँसी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन ।

सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पत्ति हात लाग्न संकेत गर्छ ।

गिद्ध सपनामा देख्नु भो भने तपाईंलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।

मयुर देख्नु भो भने पनि तपाईंलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।

त्यस्तै, सपनामा कौवा देख्नु भो भने यसले तपाईंलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *