-अन्वेषक र स्वास्थ्यविज्ञहरू कोरोना भाइरसबारे अध्ययनमा केन्द्रित छन् । यसबारे पत्ता लाग्दै गएका तथ्यले भाइरस संक्रमण व्यवस्थापन र नियन्त्रणमा सहयोग पुगिरहेको छ ।

– ती अध्ययनले कोभिड-१९ विरुद्ध खोप बनाउन पनि मद्दत पुर्‍याउनेछन् । लक्षण र जोखिमका आधारमा गरिएका अनुसन्धानअनुसार मोटोपना, मधुमेह, प्रदूषण, धूम्रपान र मद्यपानलाई पनि संक्रमण बढ्नुका कारक मानिएको छ ।

– कोरोना भाइरस संक्रमणले पुरुष प्रजनन क्षमतामा प्रभाव पार्न सक्ने विज्ञहरूले बताएका छन् । कोरोना संक्रमण र पुरुष प्रजनन क्षमताबीच सम्बन्ध केलाउने प्रयास भइरहेको छ ।

– अनुसन्धानकर्मीहरूका अनुसार मौसमी फ्लुका कारण आउने ज्वरोले पुरुष अण्डकोषमा असर पार्छ । र, त्यसले प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ । मौसमी फ्लु र सार्स कोभिडका लक्षण मिल्दाजुल्दा हुन्छन् ।

– चीनमा गरिएको सर्वेक्षणमा संक्रमित व्यक्तिको प्रजनन हर्मोनको स्तरमा परिवर्तन देखिएको थियो । तर, टेस्टोस्टेरोनको संख्यामा परिवर्तन देखिएको थिएन ।

– चीनमा रिप्रोडक्टिभ मेडिसिनका प्राध्यापकहरूले संक्रमण निको भएका व्यक्तिको प्रजनन क्षमता परीक्षण गर्न सुझाब दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *