काठमाडौं, १७ साउन : सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै हालसम्म २० हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ७३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २७.६ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

उपत्यकाका ३ जिल्लामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाडौंका ८, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १७ जना, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका ५, ललितपुर २, भक्तपुर ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, वीर अस्पतालमा काठमाडौंका २,  शिक्षण अस्पतालमा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २, स्टार अस्पताल सानेपामा काठमाडौंका ५ र ललितपुरका १, वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५८ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् ।  आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ रहेको छ । अहिलेसम्म कूल संक्रमितमध्ये ७२.०१ कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको उनले बताए ।

आज ७ हजार ६३७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ३ लाख ९८ हजार ९०७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यो संख्या कुल सक्रमितमध्ये ०.२८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *