बेइजिङ, १२ साउन : कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो ।

युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ ।

कोरोनाभाइरसको त्रासका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहँुदै पनि फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई १५ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि अनलाइन फाराम भर्ने म्याद यही जुलाई ३१ मा बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *