अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएको छ । युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भनेका हुन् ।

यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए । अमेरिकाका संक्रामक रोग विशेषज्ञहरूले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरूको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।

मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने – ‘खासमा कुरा के हो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईँहरू घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रूपमा मास्क लगाएर निकिस्कनुहोस भनेर । हामीले अनुरोध पनि गरेका हौँ ।’

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिँदै आएका छन् । अमेरिकामा मास्क प्रयोग गर्ने विषय शुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिँदै आएको छ ।

समाचारमा भनिएको छ मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञहरूले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिइ आएका छन् ।

अमेरिकामा कोरोनाबाट विश्वका अरू देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *