काठमाडौं, २८ असार : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्।

उनले आमालाई कोरोना पुष्टि भएपछि भाइ-बुहारी र अन्य परिवारका सदस्य क्वारन्टाइनमा रहेको जानकारी दिएका छन्। आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन्।

यसअघि बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूले ट्विटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए ।

अमिताभले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन्

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

भारतमा भयावह बन्दै गएको कोरोना संक्रमणबाट हालसम्म ८ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने २२ हजार ६ सय ६७ जनाको ज्यान गएको छ ।

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि

अमिताभ- अभिषेक दुवैलाई देखियो कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *