बलिउड अभिनेता अभिषेक बच्चनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अभिषेकले ट्विटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि कोरोना पुष्टि भएको थियो । बच्चनले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन्

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । दुवैलाई मध्यम खालको लक्षण देखिएका र अहिले अस्पतालमा भर्ना भएर उपचार गराइरहेको अभिषेकले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *