अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

कोभिड–१९ को महामारीसँगै सर्बप्रथम न्युजील्याण्डकी प्रधानमन्त्री जासिन्दा अर्डनले अघि सारेको विचारलाई कार्यान्वयन गरेपछि कर्मचारीको उत्पादकत्वका साथै जीवनको गुणस्तरमा वृद्धि हुने अमेरिकालगायत अन्य केही देशहरूमा रहेका व्यवसायिक फर्म तथा कम्पनीले सोच बनाएको पाइन्छ ।

गत हप्ता एक फेसबुक भिडियोमा न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डनले घरेलु पर्यटनलाई प्रोत्साहित गर्न सिर्जनात्मक तरिका खोजिरहेको बताउनुभएको थियो । यो बहसले पछिल्लो सातासम्म आइपुग्दा अमेरिकालगायत विश्वका अन्य मुलुकहरूमा पनि स्थान लिएको द वाशिङ्गटन पोस्टले जनाएको छ ।

उहाँले भन्नुभयो, “मैले सुनेकी छु कि धेरै व्यक्तिले हामीले सातामा चार दिन काम गरी स्वास्थ्य सङ्कटका कारण कमजोर बनेको विश्व अर्थतन्त्रलाई उकास्नुपर्छ भनेका छन् । यसका लागि रोजगारदाता र रोजगार व्यक्ति (श्रमिक) बीच सल्लाह गरी अघि बढ्नुपर्छ ।”

“मैले साँच्चै उद्योगी तथा व्यवसायी तथा त्यसमा आश्रित व्यक्तिहरूले साप्ताहिकरूपमा काम गर्ने समयलाई चार दिन बनाउने सम्बन्धमा फरकफरक सुझाब दिएका तर अधिकांशको राय काम गर्ने समयलाई घटाउने र बेरोजगार बनेका धेरै व्यक्तिलाई कामको अवसर दिने रहेको छ,” उहाँले भन्नुभयो ।

अस्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, बेलायत, संयुक्त राज्य अमेरिका र स्कान्डिनेभियाली देशहरूमा नीति परिवर्तन किन गर्ने भन्ने बिषयमा बहस चलेको बताइएको छ ।

“यो सामाजिक लोकतान्त्रिक गतिविधिको पक्षपोषण गर्ने मुलुकहरूमा मात्र होइन अन्य मुलुकहरू,जहाँ धेरै काम गर्नुलाई सामान्य मानिन्थ्यो, ले पनि बहस चलाएका छन्,” ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ का लेखक एलेक्स सजिङ–किम पाङले वासिङ्टन पोष्टमा उल्लेख गर्नुभएको छ ।

फिनल्याण्डका प्रधानमन्त्रीले यस उपायलाई सकारात्मक भन्दै देशमा प्रचारमा ल्याउनुभएको छ । बेलायतको लेबर पार्टीले पनि न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डनको विचारप्रति समर्थन जनाउँदै अभियानकै रूपमा बहस चलाएको छ । जापानमा माइक्रोसफ्ट कम्पनी, अमेरिकामा शेक श्याकले पनि ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ लाई सकारात्मक बताएका छन् ।

गत वर्ष गरिएको बेलायती एक अध्ययनले भने नेतृत्व सम्हालेका ६४ प्रतिशत अर्थविद् तथा व्यवसायीहरूले कर्मचारीको उत्पादनमा वृद्धि गर्ने बताएका थिए भने ७७ प्रतिशत कर्मचारीले यसले गुणस्तरीय जीवनसँग जोडेका देखाएको छ । सोही अध्ययनले रोजगारीका प्रमुख सीमाहरूमा कर्मचारीतन्त्रबाट समस्या आउने देखाएको थियो ।

महामारी पहिले बेलायतस्थित एक अनुसन्धाता करेन जाँसेँ सन् २०३० पहिले साप्ताहिक कार्यभारलाई चार दिनमा झार्ने बिषय सम्भव नभएको बताउनुभएको थियो । सबै कामदारमा एकरूप हुनेगरी अघि बढाउन अहिलेको अवस्थामा यो व्यवस्था कठिन भएको धारणा राख्नुभएको थियो ।

तर अध्ययनमा केहीले दैनिक कार्यसमयलाई घटाउने तर सातामा चार दिन मात्र काम गर्ने कुरा असम्भव बताएका थिए भने कतिपयले दैनिक कार्यसमयलाई आठ घण्टाबाट बढाउनुपर्ने सुझाब दिएका थिए ।

तर महामारीले करोडौँ मानिस वेरोजगार बनेका समय वर्तमान श्रम समयलाई चार दिन बनाउँदा धेरैले रोजगारीको अवसर पाउने बहस पनि चलेको छ । औपचारिक जारिरहरूमा सङ्कटका कारण करार र समयमा असमानता बढेको चर्चा पनि बढेको अध्ययनले बताएको छ ।

श्रम विवादलाई सातामा चारदिन काम गर्ने कार्ययोजनाले हल गर्ने जाँसेँले बताएको वासिङ्टन पोष्टले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *