काठमाडौं : मजदूरलाई राहत ५ किलो चामल, पानी जहाज कार्यालयले डेढ करोडको गाड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो । सरकारले अहिले कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरु गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकहरुमा खर्च प्रतिवन्ध लगाएको छ ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ । यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो ।

कार्यालयले गाडी खरिदको सूचा जारी गरेपछि त्यसको विरोध भएको छ । लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल दिएर कार्यालयले डेढ करोडको गाडी किन्न लागको भन्दै कांग्रेस नेता धनराज गुरुङले विरोध गरेका छन् । उनले लकडाउनकै मौकामा ग्यास पाइपलाइन कार्यालय खोलेर अर्को गाडी थप्न पनि भनेका छन् ।

‘लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने? लुछ सरकार लुछ। गरीब जनताको अस्थिपन्जर पनि बाँकी नराख! @hello_sarkar यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। “बयलगाडातन्त्र”‘ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *