ब्रिटेनका एक व्यापारी श्रीमतीलाई झूट बोलेर प्रेमिकासँग इटाली ट्रिपमा गएका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ । यद्यपि उनलाई कोरोना भाइरसको संक्रमणले भन्दा पनि श्रीमतीले आफू प्रेमिकासँग इटली घुम्न गएको पत्ता पाउने हुन कि भन्ने चिन्तित  बढी छ ।

इटली जानुपूर्व उनले आफ्नी श्रीमतीलाई आफू बिजनेस ट्रिपमा गएको बताएका थिए । ट्रिपबाट फर्किएपछि उनी कोरोनाभायरस संक्रमित भएको पाइयो तर पनि उनले झुट बोल्न छोडेनन् । उनले श्रीमतीलाई बिजनेस ट्रिपका क्रममा कोरोना भाइरसको शिकार भएको बताए । उनको झूटले श्रीमतीका अघि त काम गर्‍यो तर चिकित्सका अघि टिकेन ।

ती व्यापारीका नजिक एक व्यक्तिले बताएअनुसार चिकित्सकहरूले उनको यात्रा इतिहासबारे सोध्दा उनले इटलीमा गएरको र त्यही आफू कोरोना भाइरसको संक्रमण भएको बताए । तर, उनले प्रेमिकाका बारेमा जिकिर गरेनन्, जोसँग आफू ट्रिपमा गएका थिए । चिकित्सकहरूलाई आफू प्रमिकासँग इटली गएको बताउँदा श्रीमतीलाई भनिदिने हुन कि भन्ने डर थियो । साथै चिकित्सकहरूले एयरलाइन कम्पनीसमक्ष पुगेर पत्ता लगाए भने प्रेमिकासँग इटली घुमेको पोल खुल्ने अर्को डर थियो ।

चिकित्सकहरूलाई भने उनी इटली ट्रिपका क्रममा को-कोसँग सम्पर्क रहे भन्ने थाहा पाउनु जरुरी थियो । डाक्टरहरूले उनीहरूमा पनि कोरोना संक्रमण फैलिएको छैन भन्ने जान्नु थियो । अहिले उनी दोरोरो चिन्तामा छन् । एकत उनी कोरोना भाइरसबाट पीडित छन्, अर्कोतर्फ श्रीमतीले सत्य थाहा पाइन भने के होला भन्ने चिन्ता छ ।  अहिले उनकी श्रीमती भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशनमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *