विश्वभरी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि संसार भरका ५० भन्दा बढी देशले लकडाउनको घोषणा गरेका छन् । जसका कारण करिब २३० करोडभन्दा बढी मानिस घरमै कैद हुन बाध्य भएका छन् । लकडाउन घोषणा गरेका कतिपय देशले यसलाई अनिवार्य गरेका छन्, भने केही देश केही खुकुल्लो छोडेका छन् । यहाँ मानिसहरूलाई घरबाट बाहिन ननिस्कन मात्रै भनिएको छ ।

३५ देशमा अनिवार्य लकडाउन

करीब १९५ करोड जनसंख्या भएका ३५ देशले अनिवार्य लकडाउन गरेका छन् । अनिवार्य लकडाउनको अर्थ आतिआवश्यकबाहेर घरबाट बाहिर ननिस्किनु र यस्तो गर्ने व्यक्तिलाई जबरजस्ती गर्न सकिनुका साथै कानुनी कारबाही पनि हुन सक्छ । यी देशमा १३० करोड जनसंख्या भएको भारत सबैभन्दा ठूलो देश हो ।

यसबाहेक फ्रान्स, इटली, अर्जेन्टिना, इराक, ग्रीस, रवान्डा र अमेरिकाको क्यालिफोर्निया राज्य हुन् । मंगलबार कोलम्बिया पनि यो लिस्टमा सामेल भएको छ । यता न्यूजिल्यान्ड पनि बुधबारबाट लकडाउन हुँदै छ । प्रयाः देशले अतिआवश्यक सामान खरिद गर्न तथा मेडिकल केयरका लागि मात्रै मानिसहरूलाई बाहिर निस्कन छुट दिइएको छन् ।

रोमले मानिसहरूको दिल बहलाउनका लागि नयाँ जुक्ति निकालेको छ । रोममा एक बिल्डिन्गमा प्रोजक्टरमार्फत् १९५२ मा निर्माण गरिएको फिल्म ‘थ्री गर्ल्स फ्रम रोम’ देखाइएको छ । यहांँ अनिवार्य लकडाउन घोषित गरिएको छ । लकडाउनका क्रममा मानिसहरूको मन बहालाउन बिल्डिन्गहरूका भित्ता फिल्म देखाउन थालिएको हो ।

पाँच देशमा बाहिर ननिस्कन अपिल

कोरोना भाइरसको महामारीलाई रोक्न करिब पाँच देशले आफ्न नागरिकलाई घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । साथै कमभन्दा कम मानिसहरूसँग सम्पर्क राख्न पनि अनुरोध गरेका छन् । यी देशमा ईरान, जर्मनी र ब्रिटेन पनि सामेल छन् ।

यी देशको जनसंख्या करिब २२.८ करोड रहेको छ । ब्रिटेनमा अघिल्लो हप्ता समुद्र तट र पार्कमा भीड जम्मा हुँदा जबरजस्ती गर्न सकिने चेतावनी दिइएको थियो । ईरानमा पनि अघिल्लो हप्ता नयाँ वर्षका बेला लाखौँ मानिस सडकमा निस्किउका थिए । त्यसपछि सबैलाई घरमै रहनका लागि अपिल गरेकव थियो ।

१० देशमा कर्फ्यु

चीनको हुबेइ प्रान्तको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण कम गर्न करिब १० देशमा कर्फ्यु घोषित गरिएको छ । कर्फ्यु घोषित भएका देशहरूमा बर्किना फासो, चिली, फिलिपिन्स, सर्बिया, म्यरिटानिया र सउदी अरब हुन् । यी देशको जनसंख्या ११.७ करोड रहेको छ । यसबाहेक केही देशले केही शरहहरूलाई मात्रै आइसोलेट गरेका छन् । यस्ता देशको जनसंख्या करिब एक करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *