काठमाडौं : नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधानसेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले फागुन ३ गते अयोजना गरिने पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगितामा सेलीब्रेटी, कूटनीतिक नियोगका पदाधिकारीहरू, सरकारी अधिकारीहरू, गैर सैनिक नागरिक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता रहने बताए।

प्रवक्ता पाण्डेले सेना दिवसको दिन काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने समेत जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *