शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासललाई हराउँदा न्युरोड टिम (एनआरटी)ले ब्रिगेड ब्वाइजविरुद्ध जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्सले च्यासललाई १–० ले पराजित गरेको हो। फ्रेन्ड्सका लागि उत्तम राईले निर्णायक गोल गरेका थिए। उनले खेलको ८४औं मिनेटमा गोल गर्दै जित सम्भव बनाएका थिए।

जितसँगै ३ अंक जोडेको फ्रेन्डसको लिग तालिकामा ११ अंक भएको छ । फ्रेन्डसले च्यासललाई पछि पार्दै अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित च्यासल ९ अंकसहित १० औं स्थानमा छ ।

अर्को खेलमा (एनआरटी)ले ब्रिगेड ब्वाइजलाई २–० ले हराएको छ। एनआरटीका लागि पाँचौ जित निकाल्ने क्रममा राजेश परियारले पहिलो र दोस्रो हाफमा एक/एक गोल गरे। उनले ३२ औं मिनेटमा पहिलो र ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितसँगै ३ अंक जोडेको एनआरटी थ्रिस्टार क्लबलाई पछि पार्दै  अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ५ खेलमा जित २ मा बराबरी र २ मा हार ब्यहोरेको एनआरटीको अंकसंख्या १५ पुगेको छ। पराजित बीबीसीको ८ अंक छ।

बिहीबारको खेलसँगै लिगका ९ औं चरणका पनि खेल सकिएका छन्। विभागीय टोली त्रिभुवन आर्मी २० अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान १९ अंक भएका टोलीद्वय मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। दशौं चरणका खेल शनिबारबाट हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *