काठमाडौं : नेपालकी कार्यक्रम प्रस्तोता सोनिका रोकायले भारतीय चर्चित कार्यक्रम प्रस्तोता तथा कमेडियन कपिल शर्मालाई भेटेकी छन्। नेपालमा ‘वाउ नेपाल’ युट्युब च्यानलमार्फत कार्यक्रम सञ्चालन गरेर चर्चा कमाएकी सोनिकाले ‘द कपिल शर्मा शो’का होस्ट कपिललाई भेटेकी हुन्।

उनले कपिललाई भेटर उनको अन्तर्वार्तासमेत लिन भ्याएकी छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कपिल शर्मासँग खिचिएको तस्वीर शेयर गरेकी छन्। शेयर गरेको तस्वीरको क्याप्सनमा आफ्नो व्यक्तिगत च्यानल द सोनिका शोका लागि कपिलसँग अन्तर्वार्ता लिएको उल्लेख गरेकी छन्। उनले गर्दै उनीसँगको अन्तर्वार्ता छिट्टै सम्प्रेशण गर्ने जनाएकी छन्। यद्यपि कहिले सप्प्रेशण हुन्छ भन्ने खुलाएकी छैनन्।

यसअघि उनले पूर्वयुवरारज पारस शाहलाई भेटेर खिचेको तस्वीक कारण चर्चामा आएकी थिइन्। यसपटक कपिलसँग अन्तर्वार्ता लिनका लागि मुम्बइ पुगेका कारण चर्चा रहेकी छन्। बताइएअनुसार कपिल शर्माको निमन्त्रणमा उनी मुम्बइ पुगेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *