काठमाडौं : पछिल्लो समयका स्टार अनमोल केसी फिल्म ‘धुपौरे’मा पनि देखिने भएका छन्। निर्देशक साम्तेन भुटियाले बनाउने तयारी गरेको फिल्मको मुख्य भूमिकाको लागि उनी अनुबन्धित भएका हुन्।

जेएस इन्टरटनमेन्ट र फिल्म नेपाल प्रोडक्सन मिलेर बनाउन लागेको यो फिल्मको अनमोलबाहेक अन्य कलाकार छनोटको क्रममा रहेको निर्देशक भुटियाले बताए। एक्सन र लवस्टोरी जनरामा निर्माण हुने फिल्मको छायांकनका तिहारपछि सुरु हुनेछ। निर्देशक भुटियाको पछिल्लो फिल्म ‘च च हुई’ आउँदो मंसिरबाट प्रदर्शनमा आउँदैछ। भुटिया चलनचल्तीका भन्दा फरक धारमा फिल्म बनाउने निर्देशक हुन्।

अनमोल पछिल्लो समय फिल्म ‘ए मेरो हजुर ३’ मा देखिएका थिए । झरना थापाको निर्देशन रहेको यो फिल्मबाट उनका कुनै पनि फिल्म बाहिर आएको छैन। ‘धुपौरे’को अलवा अनमोल आफ्नै होम प्रोडक्सनको ब्यानरमा बन्ने ‘एन्टी हिरो’ मा पनि देखिँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *