काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ। मंगलबार बिहान १० बजे बसेको बोर्ड बैठकपछि कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अंकांकन) परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको हो।
बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणी पौडेलका अनुसार अनुसार विद्यार्थी ध्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् । यो वर्ष संचालित भएको उक्त परीक्षाफलमा कुनै त्रुटि नहुन दिन बृहत तयारी गरिएको उनको भनाइ थियो।
यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब पाँच लाख ९ हजार परीक्षार्थी सहभागि भएका थिए। जसमध्ये तीन लाख ४९ हजार ६०३ जना उत्तीर्ण भएका छन् ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २३१९ जना छ । ३.२१ देखि ३.६० सम्म १३ हजार ७७२, २.८१ देखि ३.२० सम्म ३२ हजार २५३ र २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ रहेको छ ।
बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समूहको परीक्षाफल एकैसाथ प्रकाशित गरेको छ। अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साताअघि नै परीक्षाफल प्रकाशित गरेको हो ।
यहाँ क्लिक गरेर हेर्नुहोस नतिजा