काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले विसं २०७६ साल वैशाख र जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अंकांकन) परीक्षार्थीको परीक्षाफल प्रकाशन गरेको हो।

सम्बन्धित :  कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

गत वैशाख अन्तिममा शुरु भएर जेठ १४ गते सम्पन्न भएको उक्त परीक्षामा पाँच लाख नौहजार ५२ जना परीक्षार्थी सहभागी भएका थिए। यसअघि पनि कक्षा १२ को परीक्षा अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *