काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो।

छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन पनि आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ८६५  रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *